उपाधि धुलाबारी टाइगर्सको टिम र अफिसियल
मेचीनगर,११ बैशाख ।झापाको मेचीनगरमा जारी प्रथम रसोई झापा सुपर लिगको उपाधि धुलाबारी टाइगर्सले जितेको छ।
काकडभिट्टा माविको खेलमैदानमा आज भएको फाइनल खेलमा बोस्टन ब्लास्टर्सलाई ७ विकेटले पराजित गर्दै धुलाबारीले उपाधिजितेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको बोस्टनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रन बनाउन सफल भएको थियोे ।
बोस्टनका लागि विवेक चिमोरियाले सर्वाधिक २८ रन बनाए भने समीर कार्की २३ रन, विधान गोस्वामी १७ रन, सुरज खड्का १६ रन, तथा अर्विन क्षेत्रीले १२ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ धुलाबारीका दिपेश कडेल र ज्ञानेन्द्र श्रेष्ठले समान २–२ विकेट हात पारे भने गुल्सन झा, राज थापा र प्रवेश कामतिले समान१–१ विकेट हात पारे।
उपाधिका लागि १३७ रनको लक्ष्यका साथ मैदान उत्रिएको धुलाबारीले ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। धुलाबारीका लागि डम्बरविष्टले विष्फोटक व्याटिङ गर्दै ४४ बलमा ८९ रन प्रहार गरेका थिए भने विवेक बुढाथोकीले १२ रन, फइन रहमानले नटआउट २१ रन तथासुजन थपलियाले नटआउट ६ रन बनाउँदै टिमलाई जित दिलाए।
बलिङतर्फ बोस्टनका लागि मिनास थापा, विधान गोस्वामी र करण केसीले समान १–१ विकेट लिए। खेलको म्यान अफ द म्याचधुलावारीका डम्बर विष्ट घोषित हुँदै नगद रु ३००० हात पारे।
प्लेयर अफद सिरिज बन्न सफल बोस्टनका करण केसी
प्रतियोगिताको बेष्ट ब्याट्सम्यानको उपाधि भद्रपुर राइजिड्ंका मन्जित श्रेष्ठले हात पारे भने वेष्ट बलरको उपाधि धुलाबारीका ज्ञानेन्द्रश्रेष्ठले हात पारे। त्यस्तै वेष्ट फिल्डरको उपाधि भद्रपुरका सौजन घिमिरेले प्राप्त गरे । उनीहरूले नगद रू १०,००० प्राप्त गरे । प्लेयर अफद सिरिज बोस्टनका करण केसी घोषित हुँदै १५ हजार र ट्रफि प्राप्त गरे।
बैशाख ३ गतेदेखि लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा जारी प्रतियोगिताको विजेता बन्न सफल धुलाबारीले नगद रु २ लाख ११हजारसहित ट्रफी पाउन सफल भने उपविजेता टोली बोस्टन नगद रु १ लाख ११ हजार प्राप्त गरेको छ।

