adv

निःशुल्क एम्बुलेन्स सेवा : जसपा

मूल नारा –

पहिचान, संघीयता, सुशासन र सदाचार
स्थानीय सरकार समृद्धिको मूल आधार

११ बैशाख, काठमाडौं ।

अध्यक्ष उपेन्द्र यादवसहित घोषणा पत्र सार्वजनिक कार्यक्रमा सहभागी जसपा नेता गण ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले आइतबार स्थानीय तह निर्वाचन सम्बन्धि पार्टीको घोषणा–पत्र सार्वजनिक गरेको छ ।

जसपाले जारी गरेको २० पृष्ट लामो घोषणापत्रमा ६५ वर्ष माथिका जेष्ठ नागरिक र गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिएको छ ।

घोषणा–पत्रमा उल्लेख भए अनुसार नगरभित्र चल्ने यातायात सेवामा विद्यार्थीलाई ५० प्रतिशत छुटको व्यवस्था गरिने छ ।

घोषणा–पत्रमा लेखिएको छ –‘गर्भवती महिला, १० वर्ष मुनिका बालबालिका र ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई एम्बुलेन्सलगायत नगरभित्र चल्ने कुनै पनि यातायात सेवामा भाडा लाग्ने छैन ।’

सामाजिक सेवा कार्यक्रमअन्तर्गत जसपाले हरेक बिहान र बेलुका एक÷एक पटक सबै वडा कार्यालयबाट नगरपालिकाको कार्यालय आउन र जानका लागि निःशुल्क नगर यातायात सेवा उपलब्ध गराउनेसमेत घोषणा–पत्रमा उल्लेख छ ।

घोषणा–पत्र सार्वजनिकपछि जसपा कार्यकारी अध्यक्ष उपेन्द्र यादवले मुलुकको विकासको मूल आधार शिक्षा भएकाले जसपाले शिक्षा क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिएको बताए ।

यादवले भने –‘शिक्षा नै मुलुकको विकास र समृद्धिको मूल आधार हो । शिक्षामा सुधार भएपछि विकास कार्य र अन्य क्षेत्रको सुधार गर्न सकिन्छ ।

उनले कृषिलाई आधुनिकीकरण गर्दै ग्रामीण स्वारोजगार योजनामार्फत रोजगारी वृद्धि गरिने आश्वासन दिए ।

स्वास्थ्य र सामाजिक सुरक्षाको क्षेत्रमा व्यापक सुधार गरिने भन्दै अध्यक्ष यादवले जेष्ठ नागरिक, सुत्केरी, गर्भवती महिला र १० वर्ष मुनिका बालबालिकालाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिए ।

जसपा वरिष्ठ नेता अशोक राईले घोषणा–पत्र वाचन गरेका थिए ।

जसपाले जारी गरेको घोषणा–पत्रको पूर्ण पाठ :

चुनाबी घोषणा पत्र. २०७९

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु