adv

जसपा छाडेका यादवले गरे बिराटनगरको प्रमुखमा उम्मेद्वारी

११ बैशाख, विराटनगर ।

आइतबार आफ्ना समर्थकहरुसहित स्वतन्त्रतर्फबाट निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ता गराउन पुगेका उमेश यादव । फोटो साभार : यादवको फेसबुक पेजबाट ।

शनिबार जनता समाजवादी पार्टी, नेपाल (जसपा) छाडेका नेता उमेश यादवले आइतबार विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् ।

बिराटनगर महानगरपालिकामा उम्मेद्वार चयन गर्ने विषयमा पाँच दलीय गठबन्धनको निर्णय गलत भएको भन्दै जसपाको साधरण सदस्यसमेत त्यागेका यादवले स्वतन्त्रतर्फबाट प्रमुखमा मनोनयन दर्ता गराएका हुन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम र माओवादीको तर्फबाट विराटनगर प्रमुखको उम्मेदवार बनेका उनले १४ हजार ९ सय ५८ मत पाएर तेस्रो भएका थिए ।

यादव जसपाबाट यसपटक प्रमुखको उम्मेदवारी दिने तयारीमा थिए । तर पाँच दलीय गठबन्धनले देशैभरका महानगरपालिका र उपमहानगरपालिकामा गठबन्धन गरी भागबण्डा गर्दा विराटनगरको प्रमुख कांग्रेसको भागमा र उपप्रमुख जसपाको भागमा परेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु