adv

स्थानीय तह निर्वाचनको मनोनयन सुरु

आइतबारमात्रै गरे १० हजार ५ सय ३३ ले मनोनयन दर्ता

११ बैशाख, दमक ।


आसन्न बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनको लागि मनोनयनको पहिलो दिन देशैभरका विभिन्न पालिकाका विभिन्न पदका लागि १० हजार ५ सय ३३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिएको जानकारी अनुसार उम्मेद्वारी दर्ताको प्रारम्भिक तथ्याङ्क हो ।

पहिलो दिन भएकाले धेरैजसो स्थानीय तहमा स्वतन्त्र र साना दलले मात्र उम्मेदवारी दर्ता गरेका छन् । आयोगका अनुसार यो विवरण आइतबार साँझ ७ः३० सम्मको हो ।

सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको थियो । आयोगका प्रवक्ता पौडेलका अनुसार स्थानीय तहमा धेरै संख्यामा उम्मेदवारी दिने भएकाले भीडभाड नहोस् भन्नका लागि दुई दिनको समय उपलब्ध गराउने निर्णय गरिएको थियो ।

आइतबार प्रमुख दलका अधिकांश उम्मेद्वारहरुले मनोनयन दर्ता नगराएको आयोग स्रोतले जनाएको छ ।

दलहरुबीच गठबन्धन गर्ने विषयमा आइतबार पनि दिनैभर छफफल चलिरहेका कारण सोमबार मनोनयन दर्तामा आइबार भन्दा बढी चाप पर्ने आयोजको अनुमान छ ।

आयोगले गत चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार वैशाख ११ र १२ गते दुवै दिन बिहान १० बजे देखि ५ बजेसम्मका लागि मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ ।

वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका छ ।

वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु