adv

काँग्रेसबाट मेचीनगरको प्रमुखमा बुढाथोकीको उम्मेद्वारी दर्ता

फोटो साभार ः इन्द्रबहादुर बुढाथोकीको फेसबुक वालबाट

मेचीनगर , १२ बैशाख। नेपाली काँग्रेसका तर्फबाट मेचीनगर नगरपालिकाको प्रमुखमा इन्द्रबहादुर बुढाथोकीले उम्मेद्वारी दर्ता गराएका छन् ।

प्रदेश समिति र केन्द्रिय समितिले फरक फरक उम्मेद्वारी निर्णय गरे पछि अन्योल भएको मेचीनगर प्रमुखमा केन्द्रिय समितिले निर्णय गरेको बुढाथोकीलाई नै निर्वाचन आयोगले आधिकारीक उम्मेद्वार हुने बताए पछि बुढाथोकीको मात्रै उम्मेद्वारी दर्ता भएको हो ।

काँग्रेसको प्रदेश समितिले केशवराज पाण्डेलाई मेचीनगरको प्रमुखमा उम्मेद्वार बनाउने निर्णय गरेको भए पनि केन्द्रिय संसदिय बोर्डले पाण्डेको टिकट रद्द गर्दै बुढाथोकीलाई आधिकारीक उम्मेद्वारका रुपमा चयन गरेको थियो ।

नगरप्रमुखमा उम्मेद्वारी दर्ता गराएका काँग्रेस झापा क्षेत्र नं. १ का सभापति समेत रहेका बुढाथोकी काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पक्षका हुन् भने प्रदेश समितिले निर्णय गरेका पाण्डे नेता कृष्णप्रसाद सिटौला पक्षका हुन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु