adv

मेचीनगरको प्रमुखमा एमाले इन्चार्ज राईको बागी उम्मेद्वारी

फोटो साभार ः देवकुमार राईको फेसबुक वालबाट

मेचीनगर, १२ बैशाख। नेकपा एमाले मेचीनगरका इन्चार्ज देवकुमार राईले नगरप्रमुखमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । एमालेले गोपालचन्द्र बुढाथोकीलाई आधिकारिक उम्मेद्वार बनाएकाले राईले बागी उम्मेद्वारी दर्ता गराएका हुन् ।

मेचीनगर ६ काकरभिट्टा निवासी एमाले झापाका सचिवालय सदस्य समेत रहनु भएका राईले भने ‘१४ बर्षदेखि पार्टीको नगर इन्चार्जको रुपमा काम गरिरहेको छु,टिकट माग्दा हुँदैन भनेर फर्काए, त्यसैले स्वतन्त्र उम्मेद्वार दर्ता गराएको छु ।’

आफुले पार्टी संगठन निर्माणका लागि गरेको योगदानको मुल्याकंन नभएको राईले गुनासो गरे । उम्मेद्वारी दर्ता गरेका कारण आइपर्ने सबैखाले अप्ठ्यारा सामना गर्न आफु तयार रहेको तर उम्मेद्वारी फिर्ता नलिने राईले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु