वडा नं. ६ मा दलित महिला सदस्य निर्विरोध निर्वाचित

जगत कोयू राई, माङसेबुङ, १३ बैशाख । आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि माङसेबुङ गाउँपालिका वडा नं. ६ मा दलित महिला सदस्यमा धनकुमारी वि.क.को मात्र उम्मेदवारी परेको छ ।
वडा नं. ६ मा दलित महिला तर्फ धनकुमारी वि.क. एक जनाको मात्र उम्मेद्वारी परेको निर्वाचन अधिकृत डिल्लीराम सुवेदीले बताए । नेकपा एमालेबाट दलित महिला सदस्यको उम्मेदवार बनेका वि.क. विरुद्ध दावि विरोध समेत नपरेको निर्वाचन अधिकृत सुवेदीले बताए ।
दावि विरोध समेत नपरे पछि गाउँपालिकामा उनि पहिलो निर्विरोध निर्वाचित जनप्रतिनिधि भइसकेकी छिन् । तर आगामी १६ गते मात्र निर्वाचित भएको घोषणा गरिने जनाएको छ ।

