adv

प्रेस चौतारी नेपाल बराहक्षेत्रद्वारा भित्तेपात्रो तथा टिसर्ट सार्वजनिक

प्रदिप जस्मैत, सुनसरी, १६ बैशाख ।

प्रेस चौतारी नेपाल बराहक्षेत्र नगरकमिटीले भित्तेपात्रो, टिसर्ट , प्रेस ज्याकेट सार्बजनिक गरेको छ।


प्रेस चौतारी नेपाल बराहक्षेत्र नगरकमिटिको आयोजनामा आज चक्रघट्टीमा एक कार्यक्रमको आयोजना गरि नयाँ बर्षको शुभकामना आदानप्रदान तथा २०७९सालको भित्तेपात्रो र टिसर्ट सार्बजनिक गरिएको छ। नगरप्रमुख सहित बिशिस्ट अथितिहरुको हातबाट एकसाथ भित्तेपात्रो र टिसर्ट सार्बजनिक गरिएको हो।

आज भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष तथा बराहक्षेत्र नगरप्रमुख निलम खनालको प्रमुख आथित्यता रहेको थियो। थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख खनालले प्रेस चौतारी बराहक्षेत्रले कार्यक्रम आयोजना गरेकोमा बधाई दिदै प्रेस चतारीले आउदै गरेको निर्वाचनमा संगै सहकार्य गरिरहेको भन्दै खुशी ब्यक्त गरेका छन। उनले आफुहरुलाई सधै सहि बाटोमा हिडाउन र निर्वाचनमा सबै वार्ड तथा नगरप्रमुख जिताउन सिङो प्रेस चौतारी टिम लागि परिरहेकोमा धन्यवाद ज्ञापन गरेका छन । उनले बराहक्षेत्र नगरपालिकामा नेकपा एमालेलाई सिध्याउन गठबन्धन गरेता पनि चुनावी परिणाम सबैमा एमालेको जित हुने बताए। स्वार्थपुर्त्तिका लागि गठबन्धन गरिएको हुनाले बराहक्षेत्रमा गठबन्धन फुटेर तिनतिर पुगिसकेको उनले बताए।

तेस्तै नेकपा एमाले प्रदेश कमिटी सदस्य बद्रीनाथ घिमिरेले नेकपा एमाले जनताको लोकप्रिय पार्टी भएको कारण जतिसुकै झालझेल गरेर तथा गठबन्धन गरेपनि एमालेलाई बराहक्षेत्रमा हल्लाउन कसैले पनि नसक्ने बताए।

कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला उपसचीव योग्यराज खडकाले निर्वाचनमा एमालेले नगरका सबै वार्ड र नगरमा आफ्नो बर्चस्व कायम गर्ने बताए । स्वार्थले भरिएको गठबन्धनमा आफ्नो भाग नपुग्दा बराहक्षेत्रमा गठबन्धन फुटेको बताउदै उनले नेकपा एमालेको जित सुनिस्चित भैसकेको बताए।

मदन भण्डारी फाउन्डेसनको कार्यालयम भएको भब्य कार्यक्रममा प्रेस चौतारी प्रदेश कमिटी सदस्य नवराज बिष्टले अहिले पार्टीमा केही टिकटले गर्दा मनमा मतभेद पीडा छ, अब त्यो विर्सेर पार्टीलाई जिताउन घर बसेर होइन जन्ताको घर दैलो कार्यक्रममा सरिक भइ जन्ताको दुख शुखमा सरिक हुने समय भएको नेताहरुलाइ ध्यानाकर्षण गराएका थिए । प्रेस चौतारी बराहक्षेत्र नगर कमिटी बराहक्षेत्र को ११ वटै वडामा चौतारीको सदस्यहरु खटाएको छ । अहिलेको समय गुगल ईन्टरनेटको समय भएर जन्ताहरु तातो घाममा बस्न कार्यक्रम सरिक हुन रुचाउदैन त्य भएर उवेद्वारहरु जन्ताको चासो गुनासो समाजिक सन्जालमा बसेर सुन्नु र प्रतिक्रिया दिनु कार्यक्रम प्रदेश सदस्य बिस्ठले बताए ।

प्रदेश कमिटी सदस्य प्रदीप बास्मैत, जिल्ला उपाध्यक्ष बिमला घिमिरे , बराहक्षेत्र इन्चार्ज बिजय राई त्यस्तै नेकपा एमाले प्रदेश कमिटी सदस्य मनोज पौडेल , जिल्ला कमिटी सदस्यहरु सुरज भण्डारी , तिर्थ माझी ,पदम माझी , एमाले बराहक्षेत्र नगर अध्यक्ष गजेन्द्र थापा , सचीव राजेन्द्र कार्की , उपमेयर कमला मगर , सन्तोष ओख्राबु , होम गौतम , वीर बहदुर लिम्बू , राज लिम्बू,मनोज पौडेल , लगाएतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु