adv

ईलाममा हत्यामा संलग्न ३ जना पक्राउ

   हत्यामा संलग्न आरोपितहरू

ईलाम । ईलाममा २ जनाको हत्यामा संलग्न ३ जना पक्राउ परेका छन् ।  प्रहरीका अनुसार ईलाम नगरपालिका ८ की ३१ बर्षीया बिनिता काफ्लेको हत्या आरोपमा स्थानीय ४२ बर्षीय देवेन्द्र रिमाललाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय ईलामका अनुसार बिनिताको बैशाख १७ गते इलाम ८ सिङफ्रिङ बेलडाँडामा टाउको र शरिरका बिभिन्न भाग छुट्टाछुटै खाल्डोमा पुरिएको अवस्थामा शव फेला परेको थियो ।

उक्त शव फेला परेपछि अनुसन्धानको क्रममा रिमालसंग काफ्लेको घनिष्ट सम्बन्ध रहेको खुलेपछि पक्राउ परेका थिए । उनलाई सोधपुछको क्रममा उक्त घटना आफैले घटाएको साबिति बयान दिएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी, देउमाई नगरपालिका ७ का ४५ बर्षीय सन्तोष बाला राईको हत्या आरोपमा थप २ जना पक्राउ परेका छन् । बैशाख १५ गते स्थानीय स्वास्थ्य चौकीबाट कोरोनाको खोप लगाएर फर्कदै गरेका राईको हत्या भएको थियो । उक्त घटनाको अनुसन्धान गर्ने क्रममा २ जनालाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा देउमाई नगरपालिका -७ चुलिगाउँका २३ बर्षीय भुपेन राई र उनकै भाई २० बर्षीय श्रीचन्द्र राई रहेका छन् । उनीहरुले कोरोनाको खोप लगाई घर फर्कदै गरेका राईलाई बाटोमा सामान्य बादबिबादकै क्रममा अन्धाधुन्द कुटपिट गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । दुबै जनालाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु