
मृतक डा. चैतन्य सुब्बा (फोटो मृतकको फेसबुक वालबाट )
झापा । आदिवासी जनजाति अभियन्ता तथा योजनाविद् डा. चैतन्य सुब्बाको निधन भएको छ । मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचारको क्रममा मंगलबार राति १० बजेतिर निधन भएको हो ।
मुटुमा समस्या देखिएपछि उनी अस्पताल भर्ना गरिएका थिए । पारिवारिक स्रोतका अनुसार लामो समयदेखि उच्च रक्तचाप, मधुमेहबाट समेत पीडित उनको ७६ वर्षको उमेरमा निधन भएको हो ।
राष्ट्रिय योजना आयोगका सदस्य समेत रहेका सुब्बा आदिवासी जनजाति विकास समितिका संस्थापक अध्यक्ष पनि थिए, जसले नेपालका आदिवासी जनजातिहरूको सूची बनाएको थियो ।

