adv

ताप्लेजुङमा छोराद्वारा बाबुआमाको हत्या

ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका लेलेपको गोटीछाँगामा छोराले वृद्ध बाबुआमाको हत्या गरेका छन् जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका  प्रहरी नायव उपरीक्षक कैलाश राईका अनुसार आइतराज लिम्बूले बिहीबार बेलुका ७० वर्षीय बाबु बृखबहादुर ७२ वर्षीयआमा फिपरानीको हत्या गरेका हुन्

२५ वर्षीय आइतराजलाई प्रहरी नियन्त्रणमा लिएको राईले जानकारी दिए । मादक पदार्थ सेवनका कारण घटना भएको प्रारम्भिक जानकारी आएको राईले बताए । स्थानीयका अनुसार एकान्तस्थलमा यहाँ २ वटामात्रै घर रहेका छन् ।

घटनाको जानकारी पनि स्थानीयले लेलेप प्रहरी चौकीमा गरेका थिए आइतराज भेँडीगोठमा बस्ने गर्थे एक साताअघि मात्रैपारिवारिक झगडा लेलेप प्रहरी चौकीमा मिलाएको स्थानीयले बताएका छन् इकान्तिपुरबाट

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु