adv

मतपत्र जिल्ला पठाइँदै

२३ बैशाख, दमक ।

निर्वाचन आयोजनको कार्यालय ।

निर्वाचन आयोजले आजै देशैभर मतपत्र पठाउने भएको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि देशैभरका सबै जिल्लामा शुक्रबार नै मतपत्र पठाउने गरी काम अघि बढाइएको हो ।

निर्वाचनको लागि आवश्यक मतपत्र छपाइको काम सम्पन्न गरी शुक्रबार नै ढुवानी भइसक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

मधेस प्रदेशका ८ वटा जिल्ला बाहेक देशभरका अन्य सबै जिल्लाका लागि मतपत्र ढुवानी भइसकेको आयोगले जनाएको छ ।

निर्वाचन प्रयोजनका लागि जिम्मेवारी तोकिएका कर्मचारीहरुलाई पनि आयोगले कडाइका साथ अनिवार्य तोकिएको जिम्मेवारीमा खट्न निर्देशन दिएको छ ।

स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी, खटाइएको कर्मचारीलाई तोकिएको ठाउँमा खटिन आयोगले निर्देश गरेको छ ।

निर्वाचनको काममा खटिन इन्कार गरेमा कर्मचारीउपर प्रचलित कानुन बमोजिम कडा कारवाही गर्न सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु