adv

नवौँ राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक

        सार्वजनिक गरिएको लोगो र मस्कट 

काठमाडौं ,२४ बैशाख । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौँ राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राखेप सदस्य सचिव टंकलाल घिसिङले लोगो र मस्कट सार्वजनिक गरेका हुन् ।

जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ खेलकुदमा कस्तुरी मृगको मस्कट राखिएको छ भने लोगोको शीर्ष स्थानमा पोखराको पहिचान झल्किने माछापुछ्रे हिमाल राखिएको छ । त्यसमुनि चारवटा रातो ट्र्याकले प्रदेश नम्बर संकेत गर्छ भने त्यसमुनि पंक्षीको आकृति दिइएको छ ।

कलाकार भोलानाथ शर्मा पौडेलले बनाएको उक्त लोगो र मस्कट राष्ट्रिय खेलकुदका लागि छनोट भएको हो ।
राखेपले नवौं राष्ट्रिय खेलकूदका लागि लोगो, मस्कट, नारा र गीत निर्माण गरी पेस गर्न पुरस्कारसहित सार्वजनिक सूचना जारी गरेको थियो ।

नवौं राष्ट्रिय खेलकुदको नारा ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ रहेको छ । यो नारा खुला प्रतिस्पर्धाबाट शुयोग्यराज काफ्लेले जुराएका हुन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु