adv

सातौं राष्ट्रिय पत्रकारिता दिवस, छैनन् कार्यक्रम

२४ बैशाख, दमक ।


आज सातौं राष्ट्रिय पत्रकारिता दिवस ।

नेपालमा पहिलो अखाबार गोरखापत्र प्रकाशन भएको दिनलाई आधार मानेर बैशाख २४ गते हरेक वर्ष राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ ।

बिगतका वर्षहरुमा सरकारी तवरबाटै विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिए पनि यस पटक भने स्थानीय तह निर्वाचनका कारण निर्वाचन आचार संहिता लागू भएकाले औपचारिक कार्यक्रम भएनन् ।

१९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो । हाल गोरखापत्र संस्थानमार्फत दैनिक प्रकाशनमा रहेको सरकारी स्वामित्वको गोरखापत्रले प्रकाशनको १ सय २१ वर्ष पूरा गरेर १ सय २२ औं वर्षमा प्रवेश गरेको छ ।

नेपाल सरकारले सात वर्षअघि २०७३ बाट आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसयता हरेक वर्ष राष्ट्रिय पत्रकारिता दिवसका दिन विविध कार्यक्रम गरी मनाउन चलन छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु