नेपाल पर्यावरण संरक्षण तथा संवर्धन संघले जंगल मासेर विमानस्थल बनाउन नपाइने आफ्नो अडान अघि सारेको छ । बाराकोनिजगढमा बनाउन लागेको अन्तर्राष्ट्रिय विमानस्थल विकल्प हुँदाहुँदै रुख मासेर बनाउन लागिएको भन्दै संघले आपत्ति जनाएको छ ।
पानीको मुहान सुक्ने, हात्तीको वासस्थान र अरू प्रकृति विनाश गर्न नहुने पनि संघको धारणा छ । शनिबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गर्दै संघले यस्तो धारणा अघि सारेको हो ।
संघको तर्फबाट अध्यक्ष सुदर्शन प्रधानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हवाई मैदानजस्तो दुरगामी महत्व राख्ने स्थलको छनोटगर्ने माथि निजगढको जंगल, खोटपूर्ण र शंकास्पद रह्यो किनकि चितवनको शुक्रनगर–नयाँगाउँ सेरोफेरोको हजारौं हेक्टरमा एउटासालको रुख पनि छैन तर निजगढमा ७००३ हेक्टर वनक्षेत्रमा सालका रुखवृक्ष, लाथ्रा, पोल, बल्लाबल्ली जम्मा आठ करोड ६८ लाख१५ हजार ३ सय ३५ वटा छन् ।
जसको बजार मूल्य ६०० अर्ब (६ खर्ब) भन्दामाथि हुन्छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा के अन्तर छ ? जहाँ बाघ, गैंडा, जंगलीहात्ती, चितुवा, हरिण, मृगलगायत ३७ स्तनधारी प्रजाति, ४९० पंक्षीहरु, सरिसृप र भ्यागुता १५ जाति, उभयचर ३ प्रजाति रमाछा १८ प्रजातिकालगायत अरु सयौं प्रकारका प्रकृतिका सन्तान छन् ।”
उनले निजगढको आठ हजार हेक्टर जंगल फाँडेर विमानस्थल बनाउँदा त्यहाँको जमुनी, अडुवा, तिथरी, काँटघाट नदीहरू, थलनी, बडकीपैनी र जोकाहा खोलाको मुहान भएकाले पानीका स्रोतहरू पूर्णरूपले सुक्ने बताए । उनले भने, “यसले बाराको ५ गाउँपालिका (देवताल, सुवर्ण, करैयामाई, आदर्श केटवाल र बारागढी) र चार नगरपालिका (कोल्वी, पचरौता, महागढीमाई, सिम्रौनगढ र कलैयाउपमहानगरपालिकाका झण्डै पाँच लाख ५० हजार जनताको खानेपानी र सिँचाइमा गम्भीर प्रभाव पार्नेछ । साथै, रौतहट जिल्लाकालाखौं जनतालाई पनि गम्भीर असर पर्नेछ ।”
प्रधानले काठ तस्करहरूका चंगुलमा परेर राज्यको नेतृत्व गर्नेहरूले मनोमानी गरेर कुनै गम्भीर अध्ययन–अनुसन्धान निजगढको जंगलफाँड्ने निर्णय गर्ने, आदेश दिनेजस्तो आत्मघाती कदम चालिरहेको आरोप लगाए । उनले भने, “तिनलाई तुरुन्त रोक्नुपर्छ । र, वन जंगलपनि बच्ने र हवाई मैदान पनि बन्ने कदम चाल्नुपर्छ ।” उनले राज्यले आफूहरूले अघि सारेका मागप्रति गम्भीरता नदेखाए र जबरजस्तीरुपमा जंगल मासेर विमानस्थल बनाउन खोजे त्यसको विरुद्धमा सशक्त रूपमा आन्दोलनमा उत्रिने चेतावनी दिए ।
कार्यक्रममा पूर्वप्रमुख संरक्षण अधिकृत तथा पर्यावरणविद् बाबुराम यादवले निजगढ विमानस्थलको विकल्प रहेको सुनाए । निजगढमाविमानस्थल बनाउने नाममा अहिले पनि झण्डै सात हजार हेक्टर जमिनमा चारै दिशाको (४२ किलोमिटर) मा तारबार लगाएको रघेरिएको ठाउँमा पनि (झण्डै ५ किलोमिटर) मा तारबार लगाएर वन्यजन्तुमाथि अमानवीय व्यवहार गरिएको यादवले वस्तुस्थिति सुनाए ।
यादवले लण्डनको हिथ्रो हवाईमैदान १२ सय २७ हेक्टरमा बनेको, सिंगापुरको चाङी हवाईमैदान १३ सय हेक्टरमा र दुवईको अन्तर्राष्ट्रियहवाई मैदान १२ सय ५० हेक्टरमा बनेको उल्लेख गर्दै भने, “त्यस्तै, ३७ वर्षसम्म विमान चलाएका क्याप्टेन युवराज भट्टराईले विमानस्थलबनाउनु भनेको संवेदनशील विषय भएको उल्लेख गर्दै विमानस्थल बनाउनु पूर्व सबै कोणबाट हेर्नुपर्ने र विशेषगरी पर्यावरणीय अवस्थाकोलेखाजोखा गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममापर्यावरणविद् सुरेन्द्र ढकालले नेपालका हिमालहरू संकटमा परेको र आगामी दिनमा पनि यसको अझै क्षति हुने उल्लेख गर्दैनेपाल पर्यावरणको हिसाबले दिनप्रतिदिन कमजोर अवस्थामा पुगेको चिन्ता व्यक्त गरे ।

