adv

मतपत्रमा सिसाकलमले हस्ताक्षर गर्न नपाइने !

३ अध्यक्ष, ३ उपाध्यक्षसहित ३ सय ९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित

२५ वैशाख, दमक ।


स्थानीय तह निर्वाचनको लागि छापिएको मतपत्रमा सिसाकलम (पेन्सिल) को प्रयोग गर्न नपाइएको भएको छ ।

निर्वाचन आयोगले मतपत्रमा अनिवार्य हुने मतदान अधिकृतको हस्ताक्षरको लागि सिसाकलमको प्रयोगमा रोक लगाएको हो ।

सिसाकलमले मतपत्रमा गरेको हस्ताक्षर छिट्टै मेटिन सक्ने खतरा रहने भन्दै आयोगले मतपत्रमा हस्ताक्षर गर्दा डटपेन, कलमलगायत प्रयोग गर्न निर्देशन दिएको छ ।

डटपेन वा कलमले नै मतपत्रमा हस्ताक्षर गर्ने व्यवस्था मिलाउन सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिएको आयोगको भनाइ छ ।

मतपत्रमा कालो, रातो, नीलो वा हरियो जुनसुकै मसी भने प्रयोग गर्न पाइने छ ।

को को हुन् भाग्यमानी अध्यक्ष र उपाध्यक्ष ?

स्थानीय तह निर्वाचनमा विभिन्न पदमा ३ सय ९० जना उम्मेद्वारहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको मात्रै एकल उम्मेदवारी परेकाले निर्वाचन आयोगले निर्विरोध भएको घोषणा गरेको हो ।

आयोगले शनिबार प्रकाशित गरेको बुलेटिनमा जनाइए अनुसार गाउँपालिकाका ३ अध्यक्षसहित विभिन्न पदमा उनीहरु निर्विरोध भएका हुन् ।

निर्विरोध निर्वाचित पालिका अध्यक्षहरुमा धावा सम्डुक गुरुङ (नेकपा एमाले) शे फोक्सुन्डो गाउँपालिका, सेनाङ गुरुङ (नेकपा एकीकृत समाजवादी) छार्का ताङसेङ गाउँपालिका र अंगदकुमार राना (नेकपा एकीकृत ) काईके गाउँपालिका रहेका छन् ।

त्यस्तै उपाध्यक्षहरुमा कर्म डुण्डुप गुरुङ (नेकपा एमाले) छार्का ताङसेङ गाउँपालिका, निमा बुढा (नेपाली कांग्रेस) काईके गाउँपालिका र मेङमर फुन्चो लामा (नेकपा एमाले) नार्पा भूमि गाउँपालिका निविर्रोध निर्वाचित भएका छन् ।

आयोगका अनुसार ४६ जना विभिन्न वडामा वडा अध्यक्ष निर्विरोध भएका छन् भने दलित महिला, महिला सदस्यमा निर्विरोध हुनेको संख्या अधिक छ ।

निर्विरोध निर्वाचित जनप्रतिनिधिहरुको विवरण :

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु