निर्वाचित द्वय दिपेन्द्र खनाल र कल्पना राई
इलाम,६ जेठ । इलामको फाकफोकथुम गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दिपेन्द्र खनाल ५ हजार ३ सय २२ मतसहित विजयी हुनु भएका छन ।
उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डिकबहादुर थापाले भने ४ हजार ८ सय २१ मत प्राप्त गरेका छन् ।
यस्तै, उपाध्यक्षमा पनि एमालेकै कल्पना राई विजयी भएकी छिन् । उनको ५ हजार १ सय ५८ मत छ ।
माओवादी केन्द्रका कुलबहादुर राईले भने ४ हजार १ सय ७४ मत प्राप्त गरेका छन् ।
सात वटा वडा रहेको फाकफोकथुम गाउँपालिकाको वडाध्यक्षमा भने चार वटा वडामा कांग्रेस र तीन वटा वडामा एमालेले जितेको छ ।

