adv

ओलीको गृहनगर दमकमा राप्रपा विजयी

एमाले र तीन दलीय गठबन्धन दुवैतिर अन्तर्घातको आशंका

६ जेठ, दमक ।

प्रमुख र उपप्रमुखमा निर्वाचित राप्रपाका थापा र कांग्रेसकी रेगिना ।

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा ३२ वषपछि एमाले पराजित भएको छ भने नगर प्रमुखमा राप्रपाले बाजी मारेको छ ।

एमालेबाट नगर प्रमुख पदकी उम्मेद्वार गीता अधिकारीलाई पराजित गर्दै राप्रपाका राम थापाले प्रमुखमा बाजी मारेका हुन् ।
थापा राप्रपा, नेपाली कांग्रेस र माओवादी केन्द्र सम्मिलित गठबन्धनबाट उम्मेदवार रहेका थिए । उनले ५५९ मतान्तरले एमाले केन्द्रीय सदस्य समेत रहेकी अधिकारीलाई पराजित गरेका हुन् ।

थापाले १७५२५ मत प्राप्त गरे भनी अधिकारी १६९६६ मत प्राप्त गर्दै पराजित भइन् ।

यस्तै उप–प्रमुखमा तीन दलीय गठबन्धनतर्फबाट कांग्रेसकी रेगिना भट्टराई प्रसाईं ४९० मतले पराजित भइन् । उनले १७०७२ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी एमालेका अम्बिका खनालले १६५७४ मत पाएका हुन् ।

निर्वाचन कार्यालयले अन्तिम मत परिणाम शुक्रबार बिहान १० ः १५ बजे सार्वजनिक गरेको हो ।

स्थानीय निकाय गठनसँगै २०४७ र २०५४ को निर्वाचनमा र स्थानीय तह गठनपछि २०७४ को निर्वाचनमा समेत अपराजयको इतिहास बनाएको एमाले २०७९ को स्थानीय तह निर्वाचनमा भने प्रमुख र उप–प्रमुख दुवै पदमा पराजित भएको यो पहिलो घटना हो ।

गठबन्धन माथि बलियो, वडामा अन्तरघात

नगर प्रमुख र उप–प्रमुखमा झिनो मतान्तरले तीन दलीय गठबन्धनले जित निकाले पनि वडामा भने एमाले बलियो देखिएको छ ।

अन्तिम मत परिणाम प्राप्त भएसँगै दमकमा बाजी मारेको गठबन्धनभित्र र पराजय भोगेको एमालेभित्र पनि अन्तर्घातको चर्चा चल्न थालेको छ ।

तीन दलीय गठबन्धनभित्र प्रमुख र उप–प्रमुखमा जित निकाले पनि वडामा आफ्ना उम्मेद्वारहरुले भोगेको पराजय अन्तर्घातकै परिणाम भएको चर्चा चल्न थालेको छ भने एमालेले वडाहरुमा आफ्नो बलियो पकड रहेको प्रमाणित भए पनि प्रमुख र उप–प्रमुख पदमा अन्तर्घात भएको चर्चा गर्न थालेका छन् ।

तीन दलीय गठबन्धनतर्फबाट राप्रपाले वडा अध्यक्ष पाएको वडा नम्बर १ मा एमालेले क्लिन स्वीप गरेको थियो माओवादीले वडा अध्यक्ष पाएका वडाहरु २, ६ र ९ मा पनि एमालेले क्लीन स्वीप गरेको थियो । त्यस्तै कांग्रेसले वडा अध्यक्ष पाएको वडा नम्बर ५ मा पनि एमाले बाजी मारेको थियो । वडा नम्बर ७ मा भने राप्रपासहित गठबन्धनले एमालेलाई क्लीन स्वीप गरेको थियो ।

यद्यपि यस विषयमा दुवै पक्षले सार्वजनिक धारणा भने बाहिर ल्याएका छैनन् ।

गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा होमिएको एमालेले दुईतिहाई बढी वडामा भने आफ्नो वर्चस्व कायम राखेको छ । १० वटा वडा रहेको दमकमा उसले वडा नम्बर १, ३, ५, ६, ८ र ९ मा प्यानलै जित निकालेको हो । त्यस्तै वडा नम्बर २ मा एक महिला सदस्य बाहेक बहुमत सिट जितेको हो ।

गठबन्धनबाट मिश्रित दलीय उम्मेद्वाहरुले वडा नम्बर १०, ७ र ४ मा मिश्रित नतिजाका साथ चुनाव जितेका हुन् ।

दमकका निर्वाचन अधिकृत केशवप्रसाद पन्तका अनुसार दमकका १० वटै वडामा जम्मा ३९८९५ मत खसेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु