माङसेबुङ, १५ जेष्ठ । इलामको माङसेबुङमा चिसोपानी पञ्चमी डोजोे उद्घाटन तथा ग्रेडिङ कार्यक्रम आइतबार सम्पन्न भएको छ । माङसेबुङ ६ पञ्चमीमा भएको सो कार्यक्रममा चिसोपानी पञ्चमी डोजो र फुङनाम डोजोका खेलाडीहरु सहभागि रहेका थिए ।
कार्यक्रममा चिसोपानी पञ्चमी र फुङनाम डोजो दुई स्थानको गरी ६५ जना खेलाडीहरु सहभागी भएको डोजो प्रशिक्षक सुदिप राईले बताए । विगत केहि समय देखि चिसोपानी पञ्चमीमा सितोरियो कराते प्रशिक्षण भइ रहेको छ ।
चिसोपानी पञ्चमी डोजोका प्रशिक्षक विवेक लावतीको अध्यक्षतामा तथा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त माक्रिहाङ राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा माङसेबुङ गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष प्रदिप साङपाङ, सितोरियो कराते इलामका प्रमुख प्रशिक्षक योगश चाम्लिङ लगायत स्थानीय वुद्धिजीवी तथा समाजवेवीहरुको उपस्थिति रहेको थियो ।



