१८ जेठ, माङसेबुङ ।

इलामको माङसेबुङमा स्काउट अभिमुखिकरण तथा पोशाक वितरण गरिएको छ ।
स्काउट नेपाल माङसेबुङ तदर्थ समितिले चिसोपानी माध्यमिक विद्यालयमा मंगलबार स्काउटका विद्यार्थीहरुलाई अभिमुखिकरणसँगै पोशाक वितरण गरेको हो ।
स्काउट नेपाल माङसेबुङका संयोजक सुदिप राईकोको अध्यक्षतामा तथा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त माक्रिहाङ राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङ, माङसेबुङ वडा नम्बर ६ का अध्यक्ष प्रदिप साङपाङ, स्काउट नेपाल प्रदेश १ अधिकृत नवराज घिमिरे, माङसेबुङ गाउँकार्यपालिका सदस्य सुसन राई लगायतको सहभागिता रहेको थियो ।

