adv

प्रदेश १ सरकारको ध्यान कृषि क्षेत्रको प्रवर्द्धनमा

१६ जेठ, दमक ।


प्रदेश नम्बर १ सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत कृषि क्षेत्रलाई प्रवर्द्धन र विकास गर्ने बताएको छ ।

सोमबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेस गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले यस्तो बताएका हुन् ।

प्रदेश सरकारको प्राथमिकतामा कृषि क्षेत्रको बढ्दो व्यापारघाटालाई लक्षित गरी कृषि तथा पशुपंक्षीजन्य वस्तुको उत्पादन वृद्धि गर्न उन्नत बिउ, बेर्ना र उन्नत पशुनश्लको सहज उपलब्धता सुनिश्चित गर्ने, कृषि उत्पादनलाई सहकारी र निजी क्षेत्रको सहकार्यमा प्रशोधन र उद्योगहरुसँग जोड्न नमूना कार्यक्रमहरुको सुरुवात गर्ने सिद्धान्तमा उल्लेख छ ।

रासायनिक मलमाथिको परनिर्भरता कम गर्न प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाउने, दीर्घकालीन रूपमा माटो सुधार र प्राङगारिक खेती प्रबद्र्धन गर्ने, पशुपंक्षी, मत्स्यपालन, मह, च्याउ र तरकारीलगायतका बाली उत्पादन प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकता दिने प्रदेश सरकारको प्राथमिकतामा छ ।

कृषिसँग सम्बन्धित उद्योग सञ्चालनका लागि पूँजी, प्रविधि तथा सूचनामा पहुँच अभिवृद्धि गर्दै लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन गरिने, सार्वजनिक निजी साझेदारीमा औद्योगिक ग्राम सञ्चालनको व्यवस्था मिलाउने पनि बजेटको प्राथमिकतामा समावेश छ ।

प्रदेश सरकारको ४७ बुँदे प्राथमिकतामा भौतिक पूर्वाधार विकास, स्वास्थ्य सेवा तथा सामाजिक विकास, पर्यटन क्षेत्रको प्रवर्द्धन, सहरी तथा गरिबी निवारण, वन, वातावरण संरक्षण र विपद् व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह र सुशासनको विषय समेटिएका छन् ।

बजेट तथा कार्यक्रमको सिद्धान्तको पूर्ण पाठ :

विनियोजन विधेयक २०७९ मा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु