adv

बिर्तामोडमा ब्राउन सुगर र नगद सहित दुई जना पक्राउ

बिर्तामोड, २६ जेठ । झापाको बिर्तामोडमा लागू औषध ब्राउन सुगर कारोबार गर्ने दुई जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट नगद २ लाख ८४ हजार ७ सय रुपैयाँ र १६ ग्राम ब्राउन सुगर समेत बरामद गरेको छ ।

ब्राउन सुगरको कारोबार गर्ने बिर्तामोड नगरपालिका ५ निवासी ४६ वर्षीय बिजेन राजवंशी र पाँचथर जिल्ला रानीटारका २२ वर्षीय सुजन गुरुङ पक्राउ परेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

राजवंशी बिक्रेता र गुरुङ प्रयोगकर्ता हुन् । इलाका प्रहरी कार्यालय अनारमनिको टोलीले बुधवार दुवै जनालाई बिर्तामोड ५ सुकुम्वासी टोलबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनी राखेर थप अनुसन्धान भइरहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु