adv

इन्धनमा फेरि मूल्यवृद्धि !

२७ जेठ, दमक ।


सरकारले बिहीबार मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा वृद्धि गरेको छ ।

बिहीबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोलमा प्रतिलिटर ८ रूपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १२ रूपैयाँले वृद्धि गरेको हो ।

नेपाल आयल निगमले जारी गरेको विज्ञप्तिमा नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १६५ रूपैयाँ लिटर पर्नेछ ।

एलपी ग्यासको भने मूल्य यथावत, १ हजार ८ सय रूपैयाँ कायम रहेका छ भने हवाइ इन्धन (आन्तरिक) को मूल्य लिटरको १६६ रूपैयाँ कायम छ ।

यसअघि गत जेठ १९ गते मात्र आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा १० रूपैयाँले मूल्य घटाएको थियो ।

सरकारले यसपालिको बजेट वक्तब्यमार्फत पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने घोषणा गरेको थियो । अर्थ मन्त्रालयले उद्योग मन्त्रालयलाई सो घोषणा कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

पेट्रोलियम पदार्थमा १० रूपैयाँ पूर्वाधार कर लाग्दै आएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु