adv

आज मन्त्रीहरुले जवाफ दिने

३० जेठ, दमक ।

प्रतिनिधि सभा बैठक । फाइल फोटो

आज सोमबारको प्रतिनिधि सभा बैठकमा बजेटबारे मन्त्रीहरुले जवाफ दिँदैछन् ।

बजेटका सम्बन्धमा सांसदहरूले उठाएका प्रश्नमाथि मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको हो ।

सचिवालयका अनुसार विनियोजन विधेयक (बजेट) २०७९ को विभिन्न शीर्षकमा मन्त्रालयगत छलफलमा उठेका विषयमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ ।

संसद बैठक बिहान ११ बजे बस्दैछ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, युवा तथा खेलकूद मन्त्री, श्रममन्त्री, वन मन्त्री, सहरी विकास मन्त्री, भूमि व्यवस्था मन्त्री, महिला तथा बालबालिका मन्त्री, कृषि तथा पशुपंक्षी विकास मन्त्रीले सोमबारको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिने बताइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु