adv

जसपाको विधान सभा स्थगित हुने

३० जेठ, दमक ।

जसपाका शीर्ष नेता । फोटो : फाइल ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन स्थगन हुने भएको छ ।

असार १ र २ गते गर्ने भनिएको पार्टीको विधान अधिवेशन स्थगित गरिएको सोमबार जसपा केन्द्रीय कार्यालयले जानकारी गराएको छ ।

जसपा केन्द्रीय कार्यालय प्रमुखले दिएको लिखित जानकारीमा बैशाख ३० गते देखि भएको स्थानीय तहको निर्वाचन पूर्ण रूपमा सम्पन्न भई नसकेको, सम्पन्न निर्वाचनको समीक्षा प्रतिवेदन पनि पार्टी केन्द्रमा आउन बाँकी नै रहेको कारण देखाउँदै विधान अधिवेशन स्थगित गरिएको उल्लेख छ ।

जानकारीमा भनिएको छ –‘विधान अधिवेशनका लागि कार्य विधि र प्रतिनिधि छनौंट नभएको लगायतका अवस्था रहेकोले उक्त मितिमा विधान अधिवेशन हुन नसक्ने भएकोले पार्टीको अर्को निर्णय नहुँन्जेलसम्मको लागि अध्यक्षज्यूको आदेशानुसार हाललाई विधान अधिवेशन स्थगित गरिएको जानकारीको लागि अनुरोध छ ।’

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु