adv

५ बुँदे सहमतिपछि निहारिकाले अनसन तोडिन्

३ असार, दमक ।


न्यायको माग गर्दै एक हप्तादेखि आमरण अनसन बसेकी महोत्तरी जलेश्वर ९ की सोनाली कुमारी सिंह (निहारिका)ले सरकारसँग पाँच बुँदे सहमति भएपछि अनसन तोडेकी छन् ।

बिहीबार बेलुकी गृहमन्त्री बालकृष्ण खाँणको हातबाट जुस पिउँदै निरहारिकाले जेठ २७ बाट सुरु गरेको अनसन तोडेकी हुन् ।

सरकार पक्ष र निहारिकाबीच आरोपी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने र न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति भएको बताइएको छ ।

निहारिकालाई अनसन तोडाउन राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाले पहल गरेकी थिइन् ।

सहमति पत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अनसनकर्ता निहारिका, सुनिता गौतमलगायतले हस्ताक्षर गरेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु