adv

सैन्य गठबन्धनमा जाने कुरा सोच्न सकिन्न : प्रधानसेनापति शर्मा

३ असार, दमक ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अ‍ेमरिकी सैन्य गठबन्धनमा सहभागी हुने कुरा सोच्न पनि नसकिने बताएका छन् ।

शुक्रबारको प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपिपी) मा सहभागी हुन पत्र पठाएको विषय बारे जानकारी दिने क्रममा प्रधानसेनापति शर्माले यस्तो बताएका हुन् ।

एसपीपीको विषय बाहिर आएपछि हल्ला हुनु स्वभाविक भए पनि आफूहरु सैन्य गठबन्धनको पक्षमा नरहेको उनको भनाइ थियो ।

यद्यपि, नेपाली सेनाले २०७२ कात्तिक १० गते एसपीपीमा सहभागी हुन पत्र पठाएको विषय सत्य रहेको शर्माले पुष्टि गरे । तर तत् समयमा भूकम्पबाट पीडित नेपालीलाई राहत र पुनस्र्थापना कार्यमा अमेरिकी सैन्य सहायता लिने विषयसँगमात्रै पत्रको सम्बन्ध रहेको उनको भनाइ छ ।

एसपीपीमा सहभागी हुने विषय र पत्राचारमा नेपाली सेनाले मुलुकको परराष्ट्र नीति विपरित कुनै काम नगर्ने भन्दै प्रधानसेनापतिले भने –‘यो चिठी कुनै मिलिटरी अलायन्समा बस्नुपर्ने र यो चिठी लेख्दैमा मिलिटरी अलायन्स हुने कुराको म विरोध पनि गर्न चाहान्छु । यसमा लेखिएका भाषा सबै नेपाली दाजुभाइ दिदीबहिनीले पढेका बुझेका छन् । यसमा सेक्युरिटी रिलेसनसिप र अन्य सहयोगको कुरा भनेको छ ।’

अमेरिकी सरकारबाट स्टेट पार्टनसिप प्रोग्राममा दिइने सहायतावापत नेपाली सेनालाई भूकम्प, बाढी, पहिरो जस्ता विपत व्यवस्थापनका लागि काम लाग्ने उपकरणहरु प्राप्त हुने भएकाले नै त्यतिबेलाको समयमा एसपीपी सहायताको लागि पत्राचार गरिएको उनले जिकिर गरे ।

एसपीपीको सुरुआतमा मिलिटरी पार्टनसिप नभएको भन्दै शर्माले भने –‘तर स्टेट पार्टनसिप प्रोग्रामले सन् २०१९ मा आइपिसएसँग समन्वय गर्ने र संलग्न हुने कुरा बुझेपछि नेपाली सेनाले यो बुझ्न जरुरी छ भनेर फेर्नुपर्छ भनेर नेपाल सरकारलाई चिठी लेखेका छौं । त्यो पनि म सित छ ।’

एसपीपीमार्फत अमेरिकाबाट ४ वटा जहाज लिएकोमा २ वटा आईसकेको र थप २ वटा आउने क्रममा रहेको प्रधानसेनापति शर्माले जानकारी दिएका छन् । मानवीय सहायताका लागि आवश्यक उपकरण बाहेक हतियार र पैसा भने नलिइएको उनले दावी गरे ।

पछिल्लो समय सैन्य गठबन्धनसँग सम्बन्धित रहेको आएको एसपिपी नेपाली सेनाका लागि मान्य नरहेको भन्दै शर्माले यो सरकारी रूपमा नआएको जिकिर गरेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु