८ असार, दमक ।

बुधबार सुनको मूल्य ४ सयले घटेको छ ।
आज सुन हिजोको तुलनामा ४ सय रूपैयाँले घटेर प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै प्रतितोला १० रूपैयाँले घटेर चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन र चाँदीको मूल्य केही घटेको हो ।
मंगलबार सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १८ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघको भनाइ छ ।

