adv

उपचार सहयोगका लागि विशाल दुमी राई बचाउ अभियानको आग्रह

८ असार, दमक ।

उपचार सहयोगका लागि अनुरोध गर्न पत्रकार मञ्च दमकमा आयोजित पत्रकार सम्मेलनका सहभागी ।

झापाको शिवसताक्षी ८ बसोबास गर्ने २८ वर्षीय विशाल राईले उपचार सहयोगका लागि याचना गरेका छन् ।

बुधबार पत्रकार मञ्च दमकको सभाहलमा राईका तर्फबाट विशाल दुमी राई बचाउ अभियानले पत्रकार सम्मेलन आयोजना गरेर उपचारको सहयोगका लागि याचना गरेको हो ।

अभियानका संयोजक बलबहादुर राईका अनुसार विशालको पारिवारिक अवस्था अत्यन्त नाजुक रहेको र हालसम्म ४–५ लाख रकम उपचारका क्रममा खर्च भइसकेको छ ।

हाल सिभिल अस्पताल काठमाडौंमा उपचार गराइरहेका विशालको शरीरको रगत परिवर्तन गर्नुपर्ने चिकित्सकले सल्लाह दिएको र सो कार्यका लागि ३० देखि ३५ लाख खर्च हुने बताइएको छ ।

अभियानका तर्फबाट इच्छुक मनकारी दाताहरुसँग सहयोगको अपेक्षा गरिएको पत्रकार सम्मेलनमा जारी अपिलमा उल्लेख छ ।

सहयोगका लागि अभयिानले सेन्चुरी बैंक, दमक शाखामा बलबहादुर राई र धिरज राईको नाउँमा बैंक खाता खोलेको जानकारी दिइएको छ ।

सहयोग गर्न इच्छुक दाताहरुलाई सेन्चुरी बैंकको दमक शाखामा खता नम्बर 0570001530C5 मा सहयोग रकम जम्मा गरिदिन अनुरोध गरिएको छ ।

उपचार सहयोगका लागि सन्तराज परिवारको अनुरोध

त्यस्तै बुधबार नै मञ्चको सभाहलमा दमक ७ निवासी ५२ वर्षीया रेणु सन्तराजको परिवारले पनि उपचार सहयोगको याचनासहित दाताहरुसमक्ष अनुरोध गरेका छन् ।

२ वर्षअघिदेखि दुवै मृगौला खराब भइ बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार गराइरहेकी सन्तराजको परिवारले सहयोग गरिदिनहुन अनुरोध गर्दै पत्रकार सम्मेलन गरेका हुन् ।

बिगत ४० वर्षदेखि दमकमा ढुङ्गाको जातो, सिलौटालगायत घरायसी सामग्री कुँदेर जिविकोपार्जन गर्दै आएकी सन्तराजको उपचारका क्रममा जायजेथासमेत सकिएको उनका छोरा मुकेश सन्तराजले जानकारी दिए ।

उनलाई सहयोग गर्न इच्छुकले मुकेश सन्तराजको नाममा प्राइम कमर्सियल बैंक दमक शाखामा रहेको खाता नम्बर 03501810CA मा सहयोग रकम जम्मा गरिदिन अनुकरोध गरिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु