adv

नेवाः देय दवु दमकको निःशुल्क दन्त शिविर

८ असार, दमक ।

निःशुल्क दन्त उपचार शिविरमा उपचार गराउँदै एक वृद्ध ।

नेवाः देय दवु दमक नगरले बुधबार दमकमा निःशुल्क दन्त उपचार शिविर सञ्चालन गरेको छ ।

दमक ६ स्थित पशुपति मन्दिर परिसरमा आयोजित दन्त शिविरमा १ सय १ जनाले दन्त परिक्षण गरेको देय दवु दमकका वरिष्ठ उपाध्यक्ष राम प्रधानले जानकारी दिए ।

औषधि व्यवसायी संघ झापाले निःशुल्क औषधि सहयोग गरेको शिविर सञ्चालनमा आमा डेन्टर केयर प्रा.लि. दमक ६ को प्राविधिक सहयोग रहेको प्रधानले बताए ।

शिविरमा दाँत किराले खाएको, गिजा पाकेको जस्ता समस्या भएकाहरुको उपचार गरिनुका साथै गरिएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु