adv

एन्फाका नवनिर्वाचित पदाधिकारीले लिए पद तथा गोपनियताको शपथ

एन्फाका नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारीहरू सपथ लिंदै

काठमाडौं ,८ असार । अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित पदाधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन् ।  ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यले पदको शपथ लिएका हुन् ।

एन्फाको निर्वाचन समितिले नेम्वाङ सहित पदाधिकारीलाई शपथ खुवाएको थियो ।

सोमबार भएको निर्वाचनमा पंकजबिक्रम नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । नेम्वाङ सहित वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, उपाध्यक्षहरुमा दावा लामा, दिपक खतिवडा, बिराटजंग शाही र दुर्गाबहादुर केसी कुमार निर्वाचित भए ।

नवनिर्वाचित समिति सपथ लिंदै

सदस्यमा मनिष जोशी, अनिल मल्ल, रबिन्द्र चन्द, विकास नारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, रमेश ब्यन्जनकार, मनिराज विष्ट, टिका लामा, भरतबुढ थापा, सरला श्रेष्ठ र पेमा डोल्मा लामा निर्वाचित भएका थिए ।
बुधबारको सपथ कार्यक्रममा पदाधिकारी सहित सबै कार्यसमितिका सदस्य उपस्थित थिए ।

शपथ ग्रहणको कार्यक्रम सकिएपछि नवनियुक्त अध्यक्ष नेम्वाङले पदभार ग्रहण गरेका थिए । कर्माछिरिङ शेर्पालाई हराउँदै एन्फा अध्यक्षमा नेम्वाङ निर्वाचित भएका हुन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु