adv

एन्फाको महासचिवमा किरण राई मनोनित

नवनिर्वाचित महासचिव किरण राई 

काठमाडौं ,८ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) को महासचिवमा किरण राई मनोनित भएका छन् । एन्फाको नयाँ नेतृत्वको कार्यसमितिको पहिलो बैठकले बुधबार राईलाई महासचिव मनोनित गरेको हो ।

राई अघिल्लो कार्यसमितिको प्रवक्ता थिए । तर, उनले राजीनामा दिएका थिए ।

यस्तै बैठकले रवीन्द्र जोशीलाई कोषाध्यक्ष नियुक्त गरेको छ । उनी अघिल्लो पटक पनि कोषाध्यक्ष थिए ।

काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको एन्फाको निर्वाचनबाट पंकजबिक्रम नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।

महासचिव र कोषाध्यक्ष भने मनोनित हुने प्रावधान रहेको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु