९ असार, दमक ।

विष्णुपुकार श्रेष्ठलाई सरकारले जनवादी गणतन्त्र चीनको आवासीय राजदूतमा नियुक्त गरेको छ ।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई चीनको राजदूत नियुक्त गरेकी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा श्रेष्ठलाई चीनको राजदूत नियुक्त गरिएको उल्लेख छ ।

