सबिना साम्पाङ
१० असार, दमक ।

मुलुकमा दिनानुदिन पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृृद्धिको विरोध गर्दै दमकका विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।
शुक्रबार सत्ता गठबन्धनमा आवबद्ध नेविसंघ र समाजवादी विद्यार्थी युनियनसहित चार वटा विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेका हुन् ।
नेविसंघ, अनेरास्ववियु , समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले र्यालीसहित दमकको गणतन्त्र चोकमा भेला भएर विरोध गरेका हुन् ।
दमक बहुमुखी क्याम्पसबाट विद्यार्थीहरुले मोटर साइकलसमेत डोहोर्याउँदै दमकको गणतन्त्र चोकसम्म र्याली निकालेका थिए ।
र्यालीपछि आयोजित कोणसभामा समाजवादी विद्यार्थी युनियन प्रदेश नम्बर १ का सचिव मिलन राई, अनेरास्ववियुका इलाम जिल्ला सचिवालय सदस्य निशेष राई, नेविसंघका झापा जिल्ला सदस्य विशाल सिटौला, अनेरास्ववियु दमक क्याम्पस इकाई अध्यक्ष भिजन लिम्बू, समाजवादी विद्यार्थी युनियन दमक क्याम्पस इकाई अध्यक्ष दिपक लिम्बू र अखिल छैटौंका दमक क्याम्पस इकाई अध्यक्ष देबेन्द्र पैडेलले पेट्रोलियम पद्धार्थलगायत मुलुकमा दिनानुदिन बढिरहेको मूल्यवृद्धि नियन्यन्त्र गर्न सरकारलाई ध्यानाकर्षण गराएका थिए ।
सरकारले महँगी बढाएर जनताको ढाड सेक्ने काम गरेको आरोप लगाउँदै विद्यार्थी नेताहरुले मूल्यवृद्धि नियन्त्रण र युवा, विद्यार्थीलाई स्वदेशमै रोजगारी सिर्जनाको मागसमेत गरेका समाजवादी विद्यार्थी युनियनका झापा जिल्ला सह–संयोजक सुनिल राईले जानकारी दिए ।


