adv

मेचीनगरको बजेट १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ

निती तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकी

मेचीनगर,१० असार । झापाको मेचीनगर नगपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमका लागि १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

शुक्रबार मेचीनगर नगरपालिकाको दोस्रो नगर सभाको प्रथम वैठकमा मेचीनगर नगरपालिकाको आर्थिक विधेयक २०७९ को विनियोजन विधेयक प्रस्तुत गदैं उपप्रमुख मीना पोखरेल उप्रेतीले आगामी आर्थिक वर्ष २०७९/०८० को मेचीनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय,विषयगत शाखा, उपशाखा तथा सेवाकेन्द्रले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसूची १ मा उल्लेखित चालु पुँजीगत खर्च र वित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँमा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिने स्पष्ट पारिन् ।

नगरप्रमुख उप्रेतीले अनुसूची १ दफा ३ बमोजिम सञ्चित कोषाबट विनियोजित रकम चालु खर्चतर्फ ६२ करोड २३ लाख, पुँजीगत खर्च ७० लाख ४ लाख ४ हजार १६, वित्तिय व्यवस्थातर्फ ६० लाख गरी कुल १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् ।

संघीय सांसद् राम कार्कीले प्रमुख अतिथिको आसनबाट दोस्रो नगर सभाको प्रथम वैठकको उद्घाटन गरेका थिए ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले कार्यक्रमको अध्यक्षता गर्दै नगरपालिकाको दोस्रो नगर सभाको प्रथम वैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति, योजना तथा कार्यक्रम र बजेट तयार गर्दा संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख समाजका लागि शिक्षा ,स्वास्थ्य र रोजगार लाई प्रमुख अधार बनाइएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी

बार्षिक बजेट, नीति तथा कार्यक्रमको आधार, औचित्य, उद्घेश्य, प्राथमिकता, लक्ष्य, योजना तथा कार्यक्रम कार्यान्वयन नीतिहरु, बिषयगत क्षेत्र सम्बन्धि नीतिहरु, कृषि तथा पशु विकासजस्ता कुरालाई नगरपालिकाले नीति तथा कार्यक्रममा समेटेको छ ।

बार्षिक बजेट नीति तथा कार्यक्रम तयार गर्दा नेपालको संविधान २०७२, स्थानीय तह सरकार सञ्चालन ऐन २०७४, नेपाल सरकार र प्रदेश सरकारबाट वित्तिय हस्तान्तरण अन्तर्गत प्राप्त स्रोत तथा साधन, नगरपालिकाको आन्तरिक श्रोत, वडाहरुबाट प्राप्त योजना तथा कार्यक्रम, बिषयगत सििमत लगायत अन्य समितिबाट प्राप्त सुझाव चालु आर्थि वर्ष २०७८/ ०७९ को २०७९ जेष्ठमसान्तसम्मको यथार्य आय व्यय राजनैतिक दल, विद्वत वर्ग, नागरिक समाज, नीजिक्षेत्र, सहित मेचीनगर नगरपालिकाभित्रका सरोकारवालाबाट प्राप्त सुझाव बमोजिम नीति, योजना तथा कार्यक्रम र बजेट तयार गर्दा संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख समाजका लागि शिक्षा ,स्वास्थ्य र रोजगार लाई प्रमुख अधार बनाइएको छ ।

कार्यक्रममा सहभागी अतिथीहरू

बजेट नीति तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पादैं नगरप्रमुख बुढाथोकीले गरिबीको रेखामूनि रहेका तथा विभेद बहिष्करणमा परेका वर्ग, क्षेत्र, लिंग, जाति र समुदायलगायत सवै नगरबासीहरुको विकास र समृद्घिको आकाँक्ष सम्बोधन गर्ने बताए । कोभिड १९ महामारी नियन्त्रण गर्दै नगरवासीहरुको जनस्वास्थ्यको सुरक्षा र नगरभित्रको आर्थिक तथा सामाजिक क्रियाकलापहरुलाई पुनरुत्थान गरी नगरवासीको आर्थिक सामाजिक विकासको चाहाना इच्छा र आकांक्ष पुरा गर्न, योजना तथा कार्यक्रम तयार गर्दा दिगो विकास वातावरण संरक्षण तथा सम्बद्र्घनलाई केन्द्र भागमा राखेर दीर्घकालिन योजना निर्माण गरी कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले स्वागत, नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले सञ्चालन गरेको उद्घाटन सत्रमा संविधान सदस्य रविन कोइराला, प्रदेश सभा सदस्यहरु श्रीप्रसाद मैनाली तथा राधा थापालगायत विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु