adv

इलामको रोङ गाउँपालिकाको बजेट ४५ करोड ७३ लाख ७७ हजार रुपैया

रोड्ं,१० असार ।इलामको रोङ गाउँपालिकाले ४५ करोड ७३ लाख ७७ हजार रुपैयाको बजेट प्रस्तुत गरेको छ ।

गाउपालिकाको १३ औ गाउसभामा उपाध्यक्ष बिष्णुमाया खवासले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ३३ करोड ९३ लाख ८४ हजार अन्तर सरकारी बित्तीय हस्तान्तरण अन्तरगत आम्दानी हुने देखाइएको छ ।

त्यसैगरी राजस्व बाडफाड तर्फ८ करोड उन्चालिस लाख ९३ हजार र आन्तरिक आम्दानी बाट ३ करोड ४० लाख जम्मा हुने तथ्याङ्क प्रस्तुत गरिएको छ ।

त्यसैगरी चालु खर्च तर्फ ७ करोड २७ लाख ७७ हजार २२० रुपैया सशर्त खर्च तर्फ २० करोड ९६ लाख ८९ हजार रुपैया र पूजीगत खर्च तर्फ १७ करोड४९ लाख १० हजार ७ सय ८० रुपैया खर्च हुने अनुमान प्रस्तुत गरिएको छ ।

बजेटले गुन्द्रुक सिन्की जस्ता स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, एक गाउ एक नर्सरी, पुत्का संरक्षण जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । गाउपालिका अध्यक्ष मणिकुमार स्याङबोको अध्यक्षतामा गाउसभा भएको थियो । गाउसभाको अर्को बैठक सनिबार बिहान ९ बजे बस्ने कार्यक्रम रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु