adv

दमक नगरपालिकाको बजेट १ अर्ब ६३ करोड बढी

१० असार, दमक ।

दमक नगरपालिकाको प्रशासनिक भवन ।

आर्थिक बर्ष २०७९/०८० को लागि दमक नगरपालिकाले अनुमानित १ अर्ब ६३ करोड ४० लाल ४० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

शुक्रबारको नगर सभामा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँले सो १ अर्ब ६३ करोड बढीको बजेट प्रस्तुत गरेकी हुन् ।

नगर सभामा दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रमुख थापाले नगरका विपन्न परिवार पहिचान गरी आर्थिक बर्ष २०७९/०८० मा १ हजार विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिए ।

अति विपन्न ३ सय परिवारलाई नगर सहुलियत कार्ड प्रदान गरि खाद्यान्नमा सहुलियत दिने कार्यक्रम प्रस्तुत गर्दै उनले नगर गौरवका योजनाहरुको कार्यान्वयनका लागि पहल गरिने प्रतिवद्धता व्यक्त गरे ।

बजेट तथा कार्यक्रममा ६८ बर्षमाथि र पूर्ण अपाङगता भएकालाई चाडपर्व खर्च वापत २ हजार, सडकमा भेटिएका असहायका लागि संरक्षण केन्द्र स्थापना गर्ने, दमकबासीलाई मोतिया विन्दु र प्रोस्टेजको निःशुल्क उपचारका लागि व्यवस्था मिलाउने, भूमि समस्याको समाधानका लागि पहल गर्नेलगायत कार्यक्रम समावेश छन् ।

दमकको प्रथम नागरिक धिमाल जातीको लागि आवश्यक बजेट र कार्यक्रम, सांस्कृतिक संघसंस्था तथा समूहहरुलाई प्रज्ञा प्रतिष्ठानमा आवद्ध गराएर उनीहरुको संरक्षण र बिकास लक्षित कार्यक्रम बजेटमा समावेश रहेको उपप्रमुख भट्टराईको भनाइ छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु