२४ असार, काठमाडौं ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।
बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
भेटमा उपराष्ट्रपतिले नेपाल र भारतको सम्बन्ध विशिष्ट प्रकारको रहेको बताएका थिए । दुई देशबीच धार्मिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको उल्लेख गर्दै पुनले सम्बन्धलाई दिगो बनाउनुपर्नेमा जोड दिए ।
उपराष्ट्रपतिले नेपाल भारत र चीनको बीचमा रहेको बताउँदै नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्ने धारणा राखेका थिए ।
उपराष्ट्रपतिसँगको भेटमा भारतीय राजदूत श्रीवास्तवले नेपाल भारतको असल छिमिकी मित्र भएको बताएका थिए । उनले नेपालसँग भारतको विशिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशका साझा सवालमा सहकार्य गर्नुपर्ने बताएका थिए । आफ्नो कार्यकालमा नेपाल भारत सम्बन्धलाई थप सुदृढ् गर्ने प्रयास हुने श्रिवास्तबको भनाइ थियो ।
फोटो ः
१. उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग शिष्टाचार भेटको क्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव

