adv

इलामेली समाज दक्षिण कोरियाको अध्यक्षमा टिका थेगिम

झापा । वैदेशिक रोजगारीको सिलशिलामा दक्षिण कोरिया पुगेका इलामेहरुको संस्था इलामेली समाज दक्षिण कोरियाको अध्यक्षमा फाकफोकथुम गाउँपालिकाका टिका थेगिम निर्वाचित भएका छन् ।

संस्थाको असार २५ गते (१० जुलाई २०२२) मा सम्पन्न चौथो अधिवेशनबाट थेगिमको नेतृत्वमा १६ सदस्यीय समिति गठन भएको छ भने पहिलो वैठकबाट उपाध्यक्ष पदका दुई जना चुनिने भएका छन् ।

समितिको वरिष्ठ उपाध्यक्ष दिप गुरुङ,उपाध्यक्ष देशबहादुर लिङ्देन,महासचिव सुरेश रिजाल,सचिव भिम विराज शंकर,कोषाध्यक्ष भवानी घिमिरे र सहकोषाध्यक्ष मदन चापागाईंलाई जिम्मेवारी दिइएको छ । त्यस्तै, सदस्यहरुमा आशिष शाह,सुवाश चेम्जोङ,डिल्ली हाङ् सुब्बा,सुनिल गुरुङ,गणेश तामाङ,छत्र राई र तिर्थ लुईटेल निर्वाचित भएको अधिवेशनका निर्वाचन मण्डल संयोजक प्रतिक बोहोराले जानकारी दिए । निर्वाचन मण्डलका अन्य सदस्यमा केदार निरौला,पवित्रा थेवे,खोम गुरुङ,कमल राई,महेश थापा र दावा फिन्जो तामाङ रहेका थिए ।

“सुर्योदय र हरियाली इलामेलीहरुको पहिचान,पर्यटन प्रवर्धन र समाजसेवा हाम्रो अभियान” भन्ने नारा सहित वैदेशिक रोजगारीका क्रममा देश बाहिर रहेपनि स्वदेशमा हुने राम्रा काम र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने संस्थाको लक्ष्य अनुसार सन् २०१४ मा स्थापना गरिएको हो । संस्थाका संस्थापन अध्यक्ष हरि प्रसाद खनालपछि मन्जु लावती र दर्पण गुरुङ दोस्रो अधिवेशनमा अध्यक्ष बनेका हुन् भने यसअघिको तेस्रो अधिवेशनमा केदार निरौलाले पद सम्हालेका थिए ।

इलाम जिल्लाका पाँच सय भन्दा बढी युवाहरु कोरियामा कार्यरत रहेको र यस समाजले विरामीहरुलाई उपचार सहयोग,कोरोना महामारी,दैवी प्रकोप,आपतकालीन समय सहयोग,राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु