adv

जसपा छोड्न खोज्नेले औचित्य पुष्टि गर्नै सकेनन् : चेम्जोङ


काठमाडौं ,२७ असार ।जनता समजवादी पार्टी (जसपा) का नेता रकम चेम्जोङले पार्टी छोड्न उद्धत समूहले पार्टी छोड्नुको औचित्य पूष्टि गर्न नसकेको आरोप लगाएका छन् । सोमबार हरप्रहर न्यूजसँगको संक्षिप्त कुराकानीमा पूर्व मन्त्रीसमेत रहेका नेता चेम्जोङले यस्तो बताएका हुन् ।

जसपाबाट अलगिन लागेका पूर्व नयाँशक्ति समूहले सैद्धान्तिक मतभेद र पार्टीभित्रको आन्तरिक समस्याका कारण यस्तो निर्णय नगरेको चेम्जोङको भनाइ छ ।

उनी भन्छन् -‘सैद्धान्तिक विषयमा समस्या देखिएन । पार्टीभित्र शीर्ष तीन जना नेताको मुख्यालय बनाएर काम गरिएको छ, त्यसैले आन्तरिक समस्या पनि देखिएन ।’

वैदेशिक हस्त्क्षेपले पार्टी विभाजन हुन लागेको हो त ? भन्ने प्रश्नमा चेम्जोङ्ले घुमाउरो उत्तर दिँदै भने -‘हाम्रो दक्षिण र उत्तरमा विशाल र शक्तिशाली मुलुकहरु छन्। त्यसैले उनीहरुको चासो नेपाल र नेपालका राजनीतिक दलमा नपर्ने भन्ने कुरै हुँदैन । तर, दवावलाई कसरी सामना गर्ने ? त्यो नेतृत्वको क्षमतामा भर पर्ने कुरा हो ।’
असार २९ र ३० गते जसपाको केन्द्रीय समिति बैठक मधेस प्रदेशको विरगन्जमा डाकिएको छ । तर ठीक एक दिन अघि नै जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई समूहले कठमाडौंमै भेला बोलाएसँगै जसपा विभाजन हुने पक्का जस्तै भएको छ ।

जसपामा अहिले कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव समूह बलियो अवस्थामा देखिएको छ । पार्टीका वरिष्ठ नेता अशोक राई समूह संस्थापन लाइनमा उभिएसँगै पार्टी विभाजनका लागि हस्ताक्षर अभियान थालेको भट्टराई समूहले ४० प्रतिशत पुर्याउन नसक्ने पक्का भएको छ ।

यादव पक्षधर नेताहरुले जसपा विभाजन हुने कुरालाई महत्त्व दिएका छैनन् । भट्टराई पक्षधर नेताहरुले भने मधेस विद्रोह, आदिवासी जनजाति र लिम्बुवान आन्दोलनको बलमा संगठित जसपामा आफूहरुले सोचे जस्तो पार्टीको आन्तरिक लोकतन्त्र र सामूहिक नेतृत्व प्रणाली अभाव रहेको आरोप लगाउँदै आएका छन् ।

दुई हप्ता अघि मात्रै यादव र भट्टराईबीच हाँसी हाँसी अलग हुने सहमति भएको थियो । त्यसयता जसपाभित्र विभजनको निम्ति दुवै पक्षले आ-आफ्नो प्रयास र तर्क गर्दै आएका छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु