adv

दक्षिण कोरियाबाट बिरामीका लागी संकलित १ लाख बढी रकम हस्तान्तरण

झापा। दक्षिण कोरीया बस्ने नेपालीहरुले बिरामीका लागी संकलित १ लाख ८० हजार रुपैयां आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

कलेजो सम्बन्धी गम्भीर रोगबाट ग्रसित पांचथरको कुम्मयाक गाउपालिका वडा नं १ खाल्लेका राम कुमार चाम्लिङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

आर्थिक सहयोग संकलन् समितिका संयोजक संजोग कन्दङवाका अनुसार कलेजो सम्बन्धी रोगबाट ग्रसित चाम्लिड्ं बिराटनगर स्थित ग्रीन सिटी हस्पिटलमा उपचाररत रहेका थिए ।हाल उनको स्वास्थ्यमा क्रमिक सुधार हुदै आईरहेको छ ।

चाम्लिड्ंको आर्थिक अबस्था अत्यन्तै कमजोर भएकोले कोरियामा रहेका नेपालीहरुले मान वान सहयोग अभियानको रुपमा उक्त रकम संकलन गरेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु