काठमाडौं, २८ असार।संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले डाकेको जनता समाजवादी पार्टी (जसपा)को समानन्तर केन्द्रीय समिति बैठक राजधानीमा सुरु भएको छ ।
जसपाको आधिकारिक केन्द्रीय समिति बैठक भोलि र पर्सी मधेस प्रदेशको विरगञ्जमा डाकिएको भए पनि भट्टराई समूहले भने मंगलबार र बुधबारको मिति ताकेर आजै राजधानीको जडिबुटीमा केन्द्रीय समितिको विस्तारित बैठक सुरु गरेको हो ।
बैठकमा भट्टराई निकट नेताहरु सहभागी भएको स्रोतले जानकारी दिए पनि को–को नेता सहभागी छन् भन्ने बारे खुलाइएको छैन । भट्टराई पक्षको व्यानर भने सार्वजनिक भएको छ ।
उता जसपा केन्द्रीय कार्यालय बालकुमारीले भने सोमबार नै काठमाडौंमा के्रन्द्रीय विस्तारित बैठक डाकिएको भनी गलत प्रचार गरिएको आरोप लगाएको छ ।
जसपा केन्द्रीय कार्यालय बालकुमारीबाट जारी विज्ञप्तिमा भनिएको छ –‘यहि असार २८ र २९ गते काठमाडौंमा बस्ने भनिएको केन्द्रीय समितिको विस्तारित बैठक पार्टीको वैधानिक एवम् आधिकारिक बैठक नभई पार्टी विरुद्धमा गरिएको प्रपञ्च र षड्यन्त्र नै हो । यस्ता षड्यन्त्रबाट सतर्क एवम् सचेत रहन पनि आग्रह गरिन्छ ।’


