adv

साकसमा न्यौपाने

७ साउन, दमक ।

साहित्य कला संगम (साकस) दमकको अध्यक्षमा बिष्णुप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।

साकसको १९औं साधारण सभाले न्यौपानेको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा बिन्दु दाहाल (मुकदर्शक), उपाध्यक्षहरु यादवप्रसाद अधिकारी र दुर्गा खनाल (काफले), महासचिवमा दिपक सुवेदी, सचिवमा विवश बलिभद्र कोइराला, सह–सचिवमा हरि पराजुली र कोषाध्यक्षमा ओमप्रसाद खनाल निर्वाचित भएका हुन् ।

सदस्यहरुमा डा. लेखनाथ न्यौपाने, गंगादेवी चापागाई, विरेन्द्र खड्का, गोपाल दाहाल, ओमप्रकाश गौतम लगायत छन् ।

साकसका अध्यक्ष नरपति पाण्डेको अध्यक्षतामा सम्पन्न साधारणसभामा दमक प्रज्ञा प्रतिष्ठानका सदस्य जीवन गुरुङ, सल्लाहकारहरु कुल प्रसाद ढकाल, प्रा.डा. गोपाल भण्डारी, कमल प्रसाद वस्ती, प्रतिभा निकेतनका अध्यक्ष मेघराज तिम्सिना ,जीवन स्मृति प्रतिष्ठानका अध्यक्ष भूमिप्रसाद दाहाल लगायतको सहभागिता रहेको थियो ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु