adv

मंगलबारे ट्रमा सेन्टरलाई प्रदेश सरकारको एम्बुलेन्स

१० साउन, दमक ।

मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेलाई प्रदेश सरकारले एम्बुलेन्स उपलब्ध गारएको छ ।

मंगलबार एक समारोहका बीच प्रदेश नम्बर १ प्रदेश स्वास्थ्य मन्त्रालयले अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्स उपलब्ध गराएको हो ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रदेश मुख्यमन्त्री राजेन्द्र राई, स्वास्थ्य मन्त्री जयराम यादव सहभागी थिए ।

एम्बुलेन्स प्राप्तिसँगै दुदराजका बिरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सहज हुने अस्पताल सञ्चालक समितिका सदस्य विशाल आङ्देम्बेले बताएका छन् ।

ट्रमा सेन्टरसहित मंगलबार नै जिल्ला अस्पताल ईनरुवा, जिल्ला अस्पताल गाईघाट र मेची प्रादेशिक अस्पताल भद्रपुरलाई पनि एम्बुलेन्स हस्तान्तरण गरिएको स्वास्थ्य मन्त्री यादवको सचिवालयले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु