adv

फोनिजले २३औं स्थापना दिवसको तयारी थाल्यो

११ साउन, दमक ।


नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आफ्नो २३औं स्थापना दिवस कार्यक्रमको तयारी थालेको छ ।

मंगलबार साँझ सम्पन्न फोनिज संघीय सचिवालयको भर्चुअल बैठकले फोनिजको २३औं स्थपना दिवस कार्यक्रम लक्षित विभिन्न तयारी थालेको हो ।

फोनिज महासचिव मिलन लिम्बूका अनुसार कार्यक्रम सफल पार्न अध्यक्ष गजुधन राईको संयोजकत्वमा २३औं स्थापना दिवस मूल आयोजक समिति गठन गरिएको छ । समितिमा संघीय समितिका पदाधिकारी, सदस्यहरु, आयोग र समितिका संयोजकहरु, सदस्यहरु, संस्थागत सदस्य संस्थाका अध्यक्षहरु र उपत्यकाका तीन जिल्लाका अध्यक्षहरु सदस्य रहने छन् ।

त्यस्तै फोनिजले आफ्नो २३औं स्थापना दिवस कार्यरचनात्मक कार्यक्रमहरु आयोजना गर्न प्रादेशिक समितिहरु र जिल्ला/विदेश शाखाहरुलाई आह्वान गरेको छ ।

फोनिजले स्थापना दिवसमा प्रदान गर्दै आएको आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार तथा मातृभाषा पत्रकारिता सम्मान (फोनिज अवार्ड) का लागि निवर्तमान अध्यक्ष डण्ड गुरुङको संयोजकत्वमा पुरस्कार तथा सम्मान छनौट समिति गठन गरेको छ । समितिका सदस्यहरुमा क्रमशः सल्लाहकार मनोज घर्तीमगर र आङदावा शेर्पा सदस्य छन् ।

त्यस्तै मंगलबारको बैठकले नीति निर्माण तथा निर्देशक समिति गठनका लागि वरिष्ठ उपाध्यक्ष लक्की चौधरीको संयोजकत्वमा पाँच सदस्यीय कार्यविधि निर्माण समिति गठन गरेको छ । समितिका सदस्यहरुमा क्रमशः उपाध्यक्षहरु अमरध्वज लामा, जगत दोङ, कमन देवान र सरु रानामगर सदस्य छन् । समितिले एक हप्ताभित्र कार्यविधि तयार गरी सचिवालयमा पेश गर्नेछ ।

बैठकले हालै सम्पन्न नेपाल प्रेस युनियनको महाधिवेशनबाट पदाधिकारी तथा सदस्य निर्वाचित आदिवासी जनजाति पत्रकारहरुलाई बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरेको छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु