११ साउन, दमक ।

बुधबार थप ५ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४ सय ५४ जनामा गरिएको परीक्षणमा ५ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो । यो संक्रमण दर १२ प्रतिशत भन्दा बढी हो ।
मन्त्रालयका अनुसार २ हजार ७ सय ७८ पीसीआर परीक्षणमा ४ सय १८ र १ हजार ६ सय ७६ एन्टिजेन परीक्षणमा १ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २ सय २ जनाले कोरोना जितेका छन् भने बुधबार थप १ जना कोरोना संक्रमितको ज्यान गएको हो ।
यससँगै नेपालमा कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या तीन हजार ९ सय २९ पुगेको मन्त्रालयको भनाइ छ ।
पछिल्लो समय कोरोना संक्रमित हुनेको दर दिनानुदिन बढिरहेको भए पनि राज्य र सरोकारवाला निकायहरुले यसको रोकथाममा खासै चासो दिएका छैनन् । कारोना नियन्त्रणका लागि जारी गरिएका सूचना र जानकारीहरु औपचारिकता मात्रै भएका छन् ।

