-
९ हजार ६ सय ३३ जनाले प्राप्त गरे ३.६ देखि ४ जिपीए
-
२ देखि २.४ जीपीए प्राप्त गर्नेको संख्या अधिक
११ साउन, दमक ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अनुसार ९ हजार ६ सय ३३ जना विद्यार्थीले ३.६ देखि ४ जीपीए प्राप्त गरेका छन् ।
बुधबारको बोर्ड बैठकले सार्वजनिक गरेको कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा अनुसार ४१ हजार ६ सय २७ जना परीक्षार्थीले ३.२० देखि ३.६० जिपिए प्राप्त गरेका छन् ।
त्यस्तै ६९ हजार ९ सय परीक्षार्थीले २.८० देखि ३.२० जीपीए पाएका हुन भने ९० हजार ७ सय ५८ जनाले २.४ देखि २.८० जीपीए प्राप्त गरेका छन् ।
परीक्षार्थीमध्ये १ लाख १२ हजार ७ सय ३३ जनाले २ देखि २.४ जीपीए पाएका हुन् भने १ लाख ५ सय ९४ जनाले १.६ देखि २ जीपीए प्राप्त गरेका छन् ।
१.२ देखि १.६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५ सय ८६ छ । त्यस्तै ०.८० जीपीएदेखि १.२ जीपीए ल्याउनेको संख्या ३ हजार २ सय ८० रहेको परीक्षा बोर्डले जनाएको छ ।
माध्यममिक शिक्षा परीक्षा बोर्डका अनुसार २०७८ को एसईई परीक्षामा ४ लाख ९५ हजार ७ सय ५१ जना परीक्षार्थी सहभागी भएका थिए ।
२२ हजार ६ सय ४० जना विद्यार्थीले परीक्षामा सहभागिता नजनाएको बोर्डको भनाइ छ ।
कोभिड–१९ महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्यांकनबाट कक्षा १० को नतिजा सार्वजनिक गरिएको भए तापनि बोर्डले शैक्षिक २०७८ को परीक्षा भने भौतिक रूपमा नै गत वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।
एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसमएमएस र आईभीआरबाट पनि हेर्न सकिनेछ ।

