adv

उर्लाबारी वडा नम्बर १ को भवन उद्घाटन

१७ साउन, दमक ।


उर्लाबारी नगरपालिका वडा नम्बर १ को वडा कार्यालय सोमबार उद्घाटन गरिएको छ ।

उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले एक समारोहका बीच नवनिर्मित वडा कार्यालय भवनको उदघाटन गरेका हुन् ।

वडाको प्रशासनिक कार्य सम्पादनमा सहजता ल्याउन नव निर्मित सो वडा कार्यालयको दुई तले पक्की भवनमा आठ वटा कोठा रहेका छन् ।

नगरपालिकाबाट विनियोजित ९७ लाख लागतमा भवन निर्माण सम्मपन्न भएको वडा अध्यक्ष तिलक पाण्डेले जानकारी दिएका छन् ।

वडा कार्यालय भवन निर्माणका लागि स्थानीय समाजसेवी नरबहादुर चौहान र इन्द्रबहादुर चौहानले क्रमशः १ कट्ठा ४ धुर र १ कट्ठा ६ धुर गरस् अढाई कट्ठा जग्गा प्रदान गरेका हुन् ।

सोही कार्यक्रममा जग्गादाता चौहानद्वय सहित उनीहरुका परिवारलाई सम्मान गरिएको थियो । त्यस्तै वडाका पूर्व वडा सदस्य मोहनकर्ण श्रेष्ठ, गम्भीरमान प्रधानलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।

भवन उद्घाटन कार्यक्रममा नगर उप–प्रमुख मीना खतिवडा पौडेल, नगरकी पूर्व उप–प्रमुख लक्ष्मीदेवी भण्डारी, समाजसेवी मानबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु