adv

सरकारले सहमति तोडे हातमा दही जमाएर बस्दैनौं : विप्लव

१६ साउन, दमक ।


विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफूहरुसँग भएको तीन बुँदे सहमति सरकारले पालना नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ ।

ललितपुर जिल्ला अदालतले पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लब र प्रवक्ता प्रकाण्डलाई पक्राउ पुर्जी जारी गरेपछि विप्लव नेतृत्वको नेकपाले सरकारी कदमको विरोध गरेको छ ।

नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माले सोमबार विज्ञप्ति जारी गरेर भनेका छन् –‘तीन बुँदे सहमतिकाविरुद्ध सरकार र राज्यले आज गराएको घटनालाई तुरुन्त रोकिएन र यसवाट भावी निम्तिने गम्भीर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्नेछ ।’

विज्ञप्तिमा पार्टी र एकीकृत जनक्रान्ति संवेदनशील प्रक्रियामा रहेको भनेका छन् ।

थुनामा रहेका आफ्नो पार्टीका कार्यकर्ता रिहा नभएकोमा आक्रोश पोख्दै नेकपाले पक्राउ पुर्जी जारी हुनुले शान्ति प्रक्रिया भाँडिने र देशलाई द्वन्द्वतिर धकेल्ने काम सरकारले गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

पार्टी तीन बुँदे सहमतिको मर्म, वार्ता एवम् सहमतिको माध्यम र शान्तिपूर्ण तरिकाप्रति पार्टी दृढ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ओली र वर्तमान सरकार वर्तमान ३ बुँदे सहमतिप्रति इमान्दार नदेखिएको नेकपाले आरोप लगाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु