adv

वार्षिकोत्सवमा आईएमई लाइफ इन्स्योरेन्सको रक्तदान

२० साउन, विर्तामोड ।


आईएमई लाइफ इन्स्योरेन्स विर्तामोड र भद्रपुर शाखाले ५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।

अस्पतालहरुमा रगतको अभाव हुन थालेपछि रगत अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको आईएमई लाइफ इन्स्योरेन्स विर्तामोड शाखा प्रमुख महेन्द्र तिम्सिनाले बताए ।

झापाको विर्तामोड स्थित मुक्ति चोक नजिकै रहेको दुर्गा मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रममा ४४ जनाले रगत दिएका थिए ।
विर्तामोड रेडक्रससँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो ।

विभिन्न रोगको संक्रमण बढेसँगै कोभिडको खोपका कारण सोचे जति रगत संकलन गर्न नसकिएको आईएमई लाइफ इन्स्योरेन्स भद्रपुर शाखा प्रमुख केशब पौडेलले बाताए ।

जीवन बाच्नको लागि रगत भन्ने नारालाई सार्थकता दिन रक्तदान गरेको कार्यक्रममा सहभागिहरुले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु